व्यवसायसँग सम्बन्धित कानुनी सेवाहरूबारे जानकारी

नेपालमा कुनै पनि उद्यममा लागेसँगै त्यसलाई कानुनी वैधानिकता दिनका लागि व्यवसाय दर्ता आवश्यक हुन्छ। तर, धेरैका लागि यो प्रक्रिया एउटा कानुनी झन्झटभन्दा कम छैन। अस्पष्ट कानुन र केही जटिल प्रक्रियाका कारण व्यवसाय दर्ता तथा व्यवसायसँग सम्बन्धित अन्य प्रक्रियाहरूका बारेमा धेरै जना उद्यमीहरूले आफैंले गर्न सकिरहेका हुँदैनन्।
तर, व्यवसाय दर्ता गर्नाले यसलाई कानुनी स्वरुप मात्रै नभएर अन्य थुप्रै मार्गहरू पनि खोलिदिन्छ। कर्जा सुविधा लिने देखि आफ्नो व्यवसायको सुरक्षासम्मका कुराहरू व्यवसाय दर्ता भएपछि नै सुरू हुन्छन्।
यदि तपाईं पनि आफ्नो व्यवसाय दर्ता गर्न चाहनुहुन्छ वा व्यवसायसँग सम्बन्धित अन्य सेवा सुविधाहरू लिन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीमार्फत तपाईंले दक्ष जनशक्ति र कर्पोरेट कानुन तथा कम्पनीसँग सम्बन्धित विधि र प्रक्रियाबारे लामो समयदेखि जानकार र अनुभवि कानुन व्यवसायी तथा लेखा व्यवसायी (सीए) हरूमार्फत सेवा लिन सक्नुहुनेछ।
हामीले दिने सेवाहरू
- व्यवसाय दर्ता
- कम्पनी दर्ता
- प्यान तथा भ्याट सम्बन्धी परामर्श
- गैरसरकारी संस्था (NGO) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO) दर्ता
- कानुनी कागजात तयारी तथा प्रमाणीकरण
- कानुनी अनुपालन (Compliance) सम्बन्धी परामर्श
- व्यवसायको नाम आरक्षण (Name Reservation)
- सामान्य कानुनी परामर्श
कानुनी परामर्श वा सेवा लिनका लागि तलको फर्म भर्नुहोस्